• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जलबिरेमा माईक्रो अनियन्त्रित भइ दुर्घटना हुँदा तीन जना घाइते

  • खबरदाता

जलबिरेमा माईक्रो अनियन्त्रित भइ दुर्घटना हुँदा तीन जना घाइते

नारायणगड – मुग्लिन सडक खण्डमा माइक्रो दुर्घटना हुदा ३ जना घाइते भएका छ।

चितवन प्रहरीले जनाए अनुसार सोमबार बिहान ४ बजेको समयमा उक्त सडक खण्डको जलबिरेमा कावासोतिबाट काठमाण्डौ जादै गरेको ग १ ख ९१५५ नं. को माईक्रो आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

माईक्रोमा सवार १७ जना मध्ये ३ जना घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

माईक्रो चालक माडि -१ बस्ने बर्ष ३३ को नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेहरुमा नवलपुर कावासोति न.पा ५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल सोही स्थानका माईक्रोका सहचालक धनश्याम न्यौपाने र उदयपुर गाईघाट न.पा. १५ बस्ने १९ वर्षको जेनिस बस्नेत रहेका छन। सहचालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ७, २०८१, सोमवार ०७:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८