• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, ह्यारिसलाई समर्थन

  • खबरदाता

बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, ह्यारिसलाई समर्थन

वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् ।

उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् ।

उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । बीबीसी

  • प्रकाशित मिति : साउन ७, २०८१, सोमवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८