• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

कोसी, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • खबरदाता

कोसी, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ ।

 

  • प्रकाशित मिति : असार ३१, २०८१, सोमवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८