• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

नारायणी नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

  • खबरदाता

नारायणी नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । देवघाट जलमापन केन्द्रमा जलसतह ७.३ मिलिमिटरभन्दा माथि पुगेको छ ।

बाढी बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यसैबीच, मकवानपुर जिल्लास्थित लालबकैया खोलाले पनि जलसतह पार गरेको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेलाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : असार २८, २०८१, शुक्रवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८