काठमाडौँ– सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।
पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।
बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन भनिएको प्रजिअ यादवले बताए ।
यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८