• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

  • खबरदाता

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ।

उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हाम्रो पार्टीमा सबैको विचार समान हुँदैन् । कसैले अलि आक्रमक विचार राख्दैमा पार्टीले बर्खास्त गर्ने र पार्टी पार्टीबाट नै निकाल्ने हुँदैन’ बैठकमा सहभागी एक नेताले भने, ‘सामान्य खालको केही कारबाही गर्न गर्नेसम्म हुनसक्छ ।’

महामन्त्री ढकालले  केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

यति मात्र होइन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको बताइरहेका छन्।

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

  • प्रकाशित मिति : असार २०, २०८१, बिहीवार ०५:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८