काठमाडौं– जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् ।
आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।
यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका आधारमा नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।
अब नेदरल्याण्ड्सले अष्ट्रिया र फ्रान्सले पोल्याण्डसँग खेल्ने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८