[ फाेटाे : LAUDERHILL, FLORIDA - JUNE 11: Grounds staff push water off the rain covers as play is delayed prior to the ICC Men´s T20 Cricket World Cup West Indies & USA 2024 match between Sri Lanka and Nepal at Central Broward Regional Park on June 11, 2024 in Lauderhill, Florida. (Photo by Matt Roberts-ICC/ICC via Getty Images) ]
काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन्।
अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो। वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।
समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८