• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

टी-२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो

  • खबरदाता

टी-२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। सुपर ओभरमा गएको खेलमा अमेरिकाले ५ रनको सनसनीपूर्ण जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।

विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाको यो जित ऐतिहासिक बनेको छ। आयोजक राष्ट्रको हिसाबले विश्वकपमा सहभागिता जनाएको अमेरिकाले यो जितसँगै विश्व क्रिकेटमा तहल्का पिटेको छ। पाकिस्तान टी(२० विश्वकपको पूर्व विजेतासमेत टिम हो। उसलेले सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो। विश्वकपमा एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो। यो जितसँगै अमेरिकाको क्रिकेटमा विश्वले ध्यान दिने देखिएको छ।

विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।

 

बिहीबार राति भएको खेलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकालेसमेत ३ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

  • प्रकाशित मिति : जेठ २५, २०८१, शुक्रवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८