• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु

  • एजेन्सि

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु

बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले ज्यान गुमाएका छन् ।

मिजोरमको राजधानी आइजोलमा भारी वर्षा भएपछि पहिरो गएको थियो । सोही पहिरोमा पुरिएर तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको हो ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्ति समेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।

मृतकका परिवारलाई ४-४ लाख भारुका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका अधिकांश स्थानमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन्‌ । बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

  • प्रकाशित मिति : जेठ १६, २०८१, बुधवार ०५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८