• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

थप उपचारका लागि सिरोहियालाई ‘एयर लिफ्ट’ मार्फत् काठमाडौं ल्याइँदै

  • खबरदाता

थप उपचारका लागि सिरोहियालाई ‘एयर लिफ्ट’ मार्फत् काठमाडौं ल्याइँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो । कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई आजै केहीबेरपछि काठमाडौं ल्याइँदैछ । नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको हो ।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १४:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८