• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कार्यदलको बैठक बस्दै, होला त कार्यादेशमा सहमति ?

  • खबरदाता

कार्यदलको बैठक बस्दै, होला त कार्यादेशमा सहमति ?

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ । हिजो ‘सहमति नजिक पुगेको’ भनिएको कार्यदलको बैठक आज पुनः बस्ने भएको हो ।

बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकले कार्यादेशमा ठोष सहमति गर्ने कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले दाबी गरेका छन् ।

सोमबार साँझ बसेको कार्यदलको बैठकपछि कानुनमन्त्री गिरीले आफूहरू एक ठाउँमा आइसकेको दाबी गरेका थिए । उनले मंगलबारको बैठकले अन्तिम टुंगो लगाउने बताएका थिए ।

उनले व्यक्तिभन्दा कम्पनीको नाम उल्लेख गर्नेमा प्रमुख प्रतिपक्षी दल सहमति नजिक पुगेको बताएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर छानिबन गर्नुपर्ने नेपाली कांग्रेसको अडान र व्यक्तिको नाम तोक्न नहुने सत्तापक्षको हठका कारण कार्यदलमा सहमति हुन सकेको छैन ।

कार्यदलमा सहमति भए आजबाट सदनका नियमित कामकारबाही निर्वाधरूपमा अगाडि बढ्नेछन् ।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८