चितवन – नारायणगढ -मुग्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन।
चितवन प्रहरीले जनाए अनुसार आइतबार मध्य राति १२:३५ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलोमा काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नं. को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवास तर्फ आउदै गरेको ना ७ ख ३२४८ नं. को बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाई दुर्घटना भएको हो।
घाईतेहरु मध्ये हाल नाम थर वतन नखुलेको अन्दाजी १६-१७ को पुरुष व्यक्तिको बिहान २ बजेको उपचारका क्रममा नयाँ मेडीकल कलेज भरतपुरमा मृत्यु भएको छ।
अन्य घाइते मध्ये इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ र नयाँ मेडीकल कलेज भरतपुरमा ४ जनाको उपचार भई रहेको । घाईतेहरु मध्ये ८ जना गम्भिर र १४ जना मध्यम रहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८