चितवन – पहाड काट्ने क्रममा एक्साभेटर पहिरोमा पुरिदा चालकको मृत्यु भएको छ।
मृत्यु हुने एक्साभेटर चालक बर्दिया गोडुवा ४ का बर्ष ३८ का मङल चौधरी रहेको चितवन प्रहरीले जनएको छ।
आज बिहान (आइतबार) करिब ९ बजेको समयमा मुग्लिन नारायणगढ सडक खण्डको तिन नम्बर पुलको लागि पहाड काट्ने क्रममा बा २ क ८६५१ नम्बरको एक्साभेटरमाथि ढुङ्गा सहितको पहिरो खस्दा चालक पुरिएका थिए। घाइते चालक चौधरीको उपचारका क्रममा बिहान १० : २२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा स्काभेटरमा पुर्ण रुपमा क्षति भएको र मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षेती पुगेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८