• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

प्रतिनिधिसभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल गरिने

  • खबरदाता

प्रतिनिधिसभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल रप्रचण्डरले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१-०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

  • प्रकाशित मिति : जेठ १३, २०८१, आइतवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८