• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

नुहाउने क्रममा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

  • खबरदाता

नुहाउने क्रममा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

जनकपुरमा दुई जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

शनिबार जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र ६ वर्षीय आदित्य महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन हिँडेका दुवै जना केही बेरमै डुबेका थिए।

स्थानीयले दुवैलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएपछि उपचारको क्रममा त्यहीँ मृत्यु भएको डीएसपी अवाले बताए।

  • प्रकाशित मिति : जेठ १२, २०८१, शनिवार २१:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८