काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन गठित कार्यदलको बैठकमा सहमति गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति गरिएको छ । कार्यदलका सदस्य समेत रहेका नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।
मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उक्त प्रकरणमा मध्यमार्गी प्रस्ताव खोज्ने विषयमा छलफल गरिएको उनले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका प्रतिनिधिले समितिको कार्यादेश नबनाइँदासम्म संसद्को अवरोध कायमै राख्ने जानकारी गराएको बर्तौलाले बताए । छलफल सकारात्मक भएको उनको भनाइ छ ।
“सकारात्मक भयो । हाम्रो टिममा बसेर छलफल गर्नुपर्छ । उहाँहरुले पनि छलफल गर्नुपर्छ,” उनले भने, “बाहिर आएजस्तो सहमति भएको छैन । सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८