• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

चितवनमा ट्रक र कार ठक्कर खाँदा चारजना घाइते, एक गम्भीर

  • खबरदाता

चितवनमा ट्रक र कार ठक्कर खाँदा चारजना घाइते, एक गम्भीर

वैशाख ७, २०८१, शुक्रवार

 

चितवनमा ट्रक र कार ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका छन। जस मध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज (शुक्रवार) बिहन ६:१० बजेको समयमा भरतपुर -२९ मा पर्ने १७ किलोमा भरतपुरबाट मुग्लिङ तर्फ जाँदै गरेको बिएबि ५३२० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०३००१ ख २०६३ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा कारमा सवारहरु घाइते भएका हुन।

घाइते हुनेहरुमा कार चालक भरतपुर – १९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुबेदी, रुपन्देहीको बुटवल – २ बस्ने बर्ष ४६ का सुमन मल्ल, सोही स्थान बस्ने बर्ष ७४ का केशब मल्ल र बर्ष ६८ कि सुबर्ण मल्ल रहेका छन। सुबर्णको अबस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक धादिङको धुनेबेशी – ७ बस्ने बर्ष ४२ को राजु भण्डारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

  • प्रकाशित मिति : वैशाख ७, २०८१, शुक्रवार ०८:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८