• वैशाख १९, २०८१, बुधवार Wednesday, 01 May, 2024

नारायणगड- मुग्लिन सडक खण्डमा म्याजिक र ट्रक ठोकिदा १७ जना घाइते

  • खबरदाता

नारायणगड- मुग्लिन सडक खण्डमा म्याजिक र ट्रक ठोकिदा १७ जना घाइते

वैशाख ६, २०८१, बिहीवार

म्याजिक र ट्रक एकआपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन।

चितवन प्रहरीका अनुसार आज (बिहीबार) बिहान ९:४५ बजेको समयमा नारायणगड मुग्लिन सडक खण्डको चौधकिलोमा उक्त दुर्घटना भएको हो।

मुग्लिनबाट नारायणगढ तर्फ आई रहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई बिपरित दिशाबाट आइरहेको प्रदेश २-०३-००१ ख ०७०६ नम्बरको ट्रकमा ठोक्किंदा म्याजिकमा सवार चालक सहित १७ जना घाईते भएका हुन। घाइते हरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ।

नयां मेडिकल कलेजमा उपचाररत घाईतेहरुः

१-चितवनको ईच्छाकामना -३  बस्ने बर्ष २२ को अमिन सुनार, मध्यम
२- ईच्छाकामना -४ बस्ने बर्ष ४८ की मायां राना,गम्भिर ।
३- ईच्छाकामना -४ बस्सने बर ष ३७ को भरत आले,मध्यम ।
४- ईच्छाकामना -४ बस्ने बर्ष ४० की लालमांया आले,मध्यम ।
५- ईच्छाकामना -३ बस्ने बर्ष ३३ की तारा गुरुङ, गम्भिर ।
६- ईच्छाकामना -३ बस्ने बर्ष ३ की अंशु गुरुङ,मध्यम ।
७- ईच्छाकामना -३ बस्ने बर्ष १० को बिक्रम गुरुङ,मध्यम ।
८- ईच्छाकामना -२ बस्ने बर्ष १७ की अस्मिता चेपाङ,मध्यम ।
९- ईच्छाकामना -४ बस्ने बर्ष ३८ की लिला गुरुङ मध्यम ।
१०- ईच्छाकामना -३ बस्ने बर्ष १६ को सोम बहादुर चेपाङ,सामान्य ।
११-चितवनको भरतपुर -७ बस्ने बर्ष १० की मिक्की गुरुङ,मध्यम ।

पुरानो मेडिकल कलेजमा उपचाररत घाईतेहरुः

१- तनंहुको बन्दिपुर -३ बस्ने बर्ष ३८ को संम्सेर बहादुर थापा, सामान्य ।
२- निजको छोरा बर्ष ६ को सँगम थापा टाउकोमा भित्री चोट अबस्था सामान्य ।
३-तनंहुको बन्दिपुर -३ बस्ने बर्ष ३५ की गुन मायां आले, सामान्य ।
४ -ईच्छाकामना -४ बस्ने बर्ष २४ को विबेक चेपाङ, सांमान्य
५- ईच्छाकामना -४ बस्ने बर्ष २९ को यम बहादुर चेपाङ, सामान्य
६-म्याजिक चालक ईच्छाकामना – २ बस्ने बर्ष ४० को कुमार गुरुङ सामान्य

मकवानपुर वकैया गा.पा. ३ वस्ने वर्ष २४ का ट्रक चालक सन्तवीर बम्जन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

  • प्रकाशित मिति : वैशाख ६, २०८१, बिहीवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८