• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह

वैशाख ४, २०८१, मंगलवार

चितवन । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज केही भू–भागमा वर्षाको सम्भावना छ । वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन पनि विभागले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : वैशाख ४, २०८१, मंगलवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८