• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

नेकपा एसले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : अध्यक्ष ओली

  • खबरदाता

नेकपा एसले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : अध्यक्ष ओली

 

 

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् । यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ ।

आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीको यो निर्णय अराजनीतिक भएको बताए । उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’

  • प्रकाशित मिति : वैशाख ३, २०८१, सोमवार १९:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८