• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता

  • खबरदाता

कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता

वैशाख ३, २०८१, सोमवार

विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प प्रस्ताव दर्ता गरेका छन् । सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे ।

वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रस्ताव दर्ता गरिएको एमाले कोसी संसदीय दलले जनाएको छ ।

राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ ।

नियमावलीको नियम ७१ बमोजिम संकल्प प्रस्तावको सूचना प्रदेशसभामा दिएको प्रस्तावका समर्थक पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए ।

एमाले र माओवादीका ५२ जना सांसदको समावेदनको आधारमा प्रदेश प्रमुखले वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

  • प्रकाशित मिति : वैशाख ३, २०८१, सोमवार १९:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८