• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चैत्र २३ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र २३ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत २३, २०८०, शुक्रवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २३ गते तद्अनुसार सन् २०२४ अप्रिल ५ तारिख शुक्रबार चैत्र कृष्ण एकादशी तिथि ९ः५६ पर द्वादशी तिथि धनिष्ठा नक्षत्र साध्य योग २ः५५ पर शुभ योग कौलव करण आनन्दादिमा धाता योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ । पापमोचनी एकादशी व्रत ।

आजको राशिफल

मेष – केही चुनौती बढे पनि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर छरछिमेकमा चाहिँ केही असमझदारी बढ्ने योग छ, सचेत रहनु उचित हुनेछ । आजको दिन आमोदप्रमोदमा रम्ने माहोल बन्ला ।

वृष – आजको दिन उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यापार(व्यवसायमा विशेष लाभ लिने समय छ । पितृधन लाभ हुने योग पनि छ । व्यावसायिक यात्राको सम्भावनाका साथै वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिएला । शुभता र सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ने समय छ ।

मिथुन – सामाजिक कामको दायित्व बढ्ने दिन छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग छ । तथापि, आज श्रमको चाहिँ उचित मूल्यांकन हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दौडधुप बढ्ने, अलिक द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । काममा केही जोखिम उठाउने एवम् प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तपाईंको कमजोरीप्रति सहयोगीजनले नै टिप्पणी वा गुनासो गर्न सक्छन्, ध्यान राख्नुहोला । चुनौती आइपरेपनि व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ भने विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने सम्भावना छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख तथा प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

कन्या – आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । रोकिएका काम सम्पादन हुने समय छ । नयाँ जिम्मेवारी हात पार्ने मौका मिल्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ भने कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । साहस वृद्धि हुनेछ । आफन्तको साथ र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन केही चुनौतीयुक्त रहने सम्भावना छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ । तथापि, प्रयत्न गर्दा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । लेनदेनमा विवाद आउने सम्भावना रहेकोले सजग रहनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । काममा लगानीको समय छ । केही मात्रामा खर्च बढेपनि प्रयास गर्दा रोकिएका बन्नेछन् । मातापिताको विशेष आशीर्वाद रहनेछ । तर, अरूको भर पर्दा धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला । लापर्वाही गर्दा बाध्यतापूर्ण काममै समय बित्न सक्छ । शत्रुपक्ष भने परास्त हुनेछ ।

धनु – मिश्रित फलदायी दिन छ । पराक्रम बढ्नेछ, तर परिवारजनको भरण(पोषणमा खर्च बढ्ला । उत्साहमा कमी आउने योग छ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ, धैर्य राख्नु उचित होला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग छ । नियमकानूनले साथ दिनाले येनकेन दायित्वचाहिँ पूरा गर्नुहुनेछ ।

कुम्भ – स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि पढाइलेखाइमा राम्रै प्रगति हुने समय छ । आरोग्यता रहनेछ भने मिठो भोजन प्राप्तिको योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – समय राम्रै छ, फलतः विभिन्न अवसर पाइने सम्भावना प्रवल देखिन्छ । सोचेको काम समयमा सम्पादन गर्नका लागि विशेष मिहिनेत भने लगाउनैपर्ला । अन्यथा, अवसर फुत्कने योग छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग गर्ने प्रयत्न गर्नु उचित हुनेछ । नसोचेको फाइदा उठाउन सकिनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । सुख आनन्द बढ्ला ।

  • प्रकाशित मिति : चैत २३, २०८०, शुक्रवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८