चैत २०, २०८०, मंगलवार
काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो ।
कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ ।
उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८