• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चैत्र १९ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र १९ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत १९, २०८०, सोमवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १९ गते तद्अनुसार सन् २०२४ अप्रिल १ तारिख सोमबार चैत्र कृष्ण सप्तमी तिथि मूल नक्षत्र वरियान योग बालब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ ।

आजको राशिफल

मेष – नोकरीमा प्रशंसा तथा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । कृषि, पशुधनबाट राम्रै लाभ मिल्ने योग भएपनि खर्च बढ्ने सम्भावना छ, रकम जोगाउने चेष्टा गर्नुहोला । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ, सचेत रहनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने छ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने समय छ । कुनै पनि कार्यमा आज जोखिम नमोल्नु उचित हुनेछ ।

मिथुन – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने समय छ । खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यवसाय विस्तार हुनसक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ भने दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्न सक्छ । प्रशंसकहरू बढ्नेछन् । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । तथापि, तपाईंका कमी–कमजोरीप्रति टीकाटिप्पणी हुन सक्छ, ध्यान राख्नुहोस् । आफन्तजनसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । परोपकारजन्य कार्यहरू सम्पादन हुने योग छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

कन्या – नयाँ कार्ययोजना बन्ने र कामको सुरुवात समेत हुने समय छ । काम सामान्य भए पनि राम्रै आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मानसम्मान र आम्दानी बढ्नेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ । मिष्ठान्न भोजनप्राप्तिको योग छ । व्यस्तता वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिने समय छ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यापार–व्यवसाय सन्तोषजनक रहला । खर्च बढ्ने र कामकाजमा अवरोध हुनसक्छ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । पराक्रम बढ्नेछ ।

वृश्चिक – महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने समय भएपनि आजको दिन मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ । पढाइमालेखाइमा भने रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन होला । यात्राको अवसर जुट्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ ।

धनु – दिन शुभदायी छ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् भने विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, सचेत रहनुहोला । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तल्याउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिएला । पठनपाठनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । नियमकानूनले साथ दिने समय छ ।

कुम्भ – केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन् तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ने देखिन्छ । आजको श्रमबाट राम्रै प्रतिफल पाइएला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन खर्च अलिक बढ्नाले आर्थिक समस्या देखापर्न सक्छ । काममा केही ढिलासुस्ती होला । चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले गोपनीयतामा ध्यान दिनु हितकर होला । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

  • प्रकाशित मिति : चैत १९, २०८०, सोमवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८