• वैशाख १९, २०८१, बुधवार Wednesday, 01 May, 2024

चैत्र १८ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र १८ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत १८, २०८०, आइतवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १८ गते तद्अनुसार सन् २०२४ मार्च ३१ तारिख आइतबार चैत्र कृष्ण षष्ठी तिथि ज्येष्ठा नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ ।

आजको राशिफल

मेष – दौडधुपका साथै जोखिम बढ्नेछ । काममा रुचि घट्ने र मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने समय छ । काममा रोकावट र मानसम्मानमा आघात पुग्न सक्छ । तथापि, सोच्दैनसोचेको काम सम्पादन हुने योग छ । धनलाभ हुने देखिन्छ । कठोर मिहिनेतले काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने दिन छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्न सक्छ । दीगो आर्जनका लागि धन लगानी गर्ने अवसर मिल्नसक्छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । परिवारिक सुखका साथ उत्साह बढ्नेछ ।

मिथुन – सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि हुनेछ भने बिग्रिएका कामहरू बन्ने योग छ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । मौकाको फाइदा उठाउन नसकिएला । आज यात्रा गर्नुछ भने स्थगन गरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – ब्यस्तताका साथै खर्च वृद्धि हुने समय छ । विगतका निर्णयले काम बिग्रन सक्ने समय छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । मान्यजनको सुझावप्रति समेत विश्वास नलाग्ने योग छ । होश नपुग्नाले खर्च बढ्न सक्छ । मातापिता वा अभिभावकको स्वास्थ्यमा केही कमजोरी आउने सम्भावना छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कर्मप्राप्तिको योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको सहयोगले कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । प्रतिष्ठा आर्जनको काम गर्ने मौका मिल्नेछ । व्यवसायबाट राम्रै फाइदा उठाउने अवसर जुर्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

वृश्चिक – आजको दिन स्वास्थ्यमा केही गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिनसक्ने समय छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु – पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । सवल स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । लामो समयदेखि रोकिएको काम बन्नेछन् । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । धर्मकर्ममा रुचि बढ्ने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिने, सावधान रहनुहोला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ देला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्ने समय छ । श्रमको उचित मूल्यांकन होला । समाजमा तपाईंका कुरा काट्नेको कमी नहोला, सचेत रहनु हितकर हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । परिवारजनबाट टाढिनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – विश्वास गरेकाबाट धोका हुन सक्ने समय छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्ला । पठनपाठनमा त्यति समय दिन नसकिएला । आलोचनाको शिकार पनि बन्न सक्नुहुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आजको दिन प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

  • प्रकाशित मिति : चैत १८, २०८०, आइतवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८