• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला

  • खबरदाता

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला

चैत १४, २०८०, बुधवार

पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।

नुहाउन र कपडा धुन भन्दै खोलामा गएकी उनी बेलुकासम्म नफर्किएपछि खोजी सुरु भएको थियो ।

उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १४, २०८०, बुधवार १०:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८