• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंका बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • खबरदाता

दुर्गा प्रसाईंका बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

चैत १३, २०८०, मंगलवार 

चितवन । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड)लाई रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका अंगक्षकलाई रिहा गर्न आदेश दिएको हो ।

”..निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । यो आदेशको जानकारी विपक्षीहरूलाई दिनू,” आदेशमा भनिएको छ ।

चैत ५ गते सर्वोच्च परिसरबाट प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड दिपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए । उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको थियो ।

 

  • प्रकाशित मिति : चैत १३, २०८०, मंगलवार २०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८