• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

  • खबरदाता

माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

चैत १३, २०८०, मंगलवार 

 

 

चितवनमा माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं।को बसले आज दिउँसो बाटो क्रस गर्दे गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुबै सवारीसाधन र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : चैत १३, २०८०, मंगलवार १५:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८