चैत १३, २०८०, मंगलवार
काठमाडौँ–सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८