• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

बियरको पैसा तिर्ने कुरामा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ

  • खबरदाता

बियरको पैसा तिर्ने कुरामा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ

चैत ८, २०८०, बिहीवार

जनकपुरधाम- साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन्।

प्रहरीका अनुसार गएराति जनकनन्दनी गाउँपालिका- २ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैँचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको छ।

राती साढे १० बजेतिर चक्कुले साथीले घाँटी रेटी हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन्।

रोजा सकेर तीनै जना बियर खान गएपछि फर्किने बेला‍ पैसा तिर्ने विषयमा भनाभन भएको र मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद हुँदा एक जनाले चक्कु निकालेर घाँटी रेटेको प्रवक्ता अवाले बताए।

गम्भीर घाइते भएका कैफलाई परिवारजनले उपचारका लागि भारतको जयनगर पुर्‍याएकोमा उपचारको क्रममा राती दुई बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या आरोपी दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत ८, २०८०, बिहीवार १२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८