• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

  • खबरदाता

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

चैत ६, २०८०, मंगलवार

काठमाडौं । सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सत्तारूढ गठबन्धनले हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनेका थिए ।

यसअघि गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर गठबन्धनका शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

सत्तामा सहभागी पाँच दलबाट दुईरदुई नेता कार्यदलमा थिए । जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए ।

नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए ।

जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।

यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको बताइएको छ ।

  • प्रकाशित मिति : चैत ६, २०८०, मंगलवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८