• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

  • खबरदाता

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

चैत ५, २०८०, सोमवार

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले अनुसन्धानका निम्ति पक्राउ गरेको हो ।

सोमबार बिहान उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले  जानकारी दिए

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट ९भेप० ल्याएका थिए । ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएर छाडेको थियो ।

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो । त्यससँगै उनी पक्राउ परेका हुन् ।

  • प्रकाशित मिति : चैत ५, २०८०, सोमवार ११:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८