• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

दिपक मनाङे फेरि स्वोतन्त्र , भन्छन : केन्द्रमा फेरिने गठबन्धनले देशमा अस्थिरता आयो

  • खबरदाता

दिपक मनाङे फेरि स्वोतन्त्र , भन्छन : केन्द्रमा फेरिने गठबन्धनले देशमा अस्थिरता आयो

चैत ४, २०८०, आइतवार

पोखरा । निर्विरोध निर्वाचित गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।

स्वतन्त्र चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

 

  • प्रकाशित मिति : चैत ४, २०८०, आइतवार २०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८