• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

  • खबरदाता

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

फागुन २२, २०८०

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव छन् ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

गठबन्धन बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् । उनीहरूलाई समेत गठबन्धनमा सामेल गर्न सबै सकारात्मक भएका कारण छलफल गर्ने तयारी गरिएको गठबन्धनका एक नेताले जानकारी दिए ।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८०, मंगलवार ०८:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८