• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

  • रासस

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

फागुन १८, २०८०

गोदावरी । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।

चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागतरु १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।

उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । सो अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा सो गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि धनगढीमा तथा भारतसमेत पुग्ने गरेका छन् ।

चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति व्यवस्थापनको पहल भइरहेको सूचना अधिकारी कलेलको भनाइ छ । त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्मका बनाउने र अञ्चल अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तारोन्नति गरिने उल्लेख गरिएको थियो ।

  • प्रकाशित मिति : फागुन १८, २०८०, शुक्रवार ०८:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८