• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

कांग्रेस महासमिति बैठक आज सकिने

  • खबरदाता

कांग्रेस महासमिति बैठक आज सकिने

फागुन १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको समापन आज हुने भएको छ । तेस्रो दिन ९बुधबार० नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेका थिए ।

बुधबार बन्दसत्रमा धारणा राख्न बाँकी महासमिति सदस्यहरूले बिहीबार (आज) धारणा राख्नेछन् ।

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा। प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

आज बिहान ८ः३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन् । सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निष्कर्ष राख्नेछन् । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुनेछ ।

  • प्रकाशित मिति : फागुन १०, २०८०, बिहीवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८