• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि

  • एजेन्सि

आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि

माघ -२९, २०८०

काठमाडौँ । नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ ले विजयी भएको हो ।

विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा फ्रांक केसीले अडिंग्राको कर्नरलाई गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए । उनी अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका हुन् । उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए ।

आइभोरी कोस्टले यसअघि सन् १९९२ – २०१५ मा यो उपाधि जितेको थियो । सन् २००६ मा इजिप्टले उपाधि उचालेयता कुनै आयोजकले पहिलोपटक उपाधि हात पारेको हो । उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ ।

  • प्रकाशित मिति : माघ २९, २०८०, सोमवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८