• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

समस्याग्रस्त सहकारीको अनुसन्धान सीआईबीले गर्दै, रवि र जीबी पनि अनुसन्धानमा तानिने

  • खबरदाता

समस्याग्रस्त सहकारीको अनुसन्धान सीआईबीले गर्दै, रवि र जीबी पनि अनुसन्धानमा तानिने

माघ ७, २०८०

 

काठमाडौं । समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो ।

सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन् । सीआईबी स्रोतले दिएको जानकारीअनुसार त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको छ ।

जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी)राई पनि जोडिएका छन् ।

“सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि छानबिन गर्नुपर्ने हुन्छ ।” राई समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । ब्यूरो स्रोतका अनुसार पोखराबाट पनि फाइल मगाएर अध्ययन गर्न लागिएको छ ।

  • प्रकाशित मिति : माघ ७, २०८०, आइतवार १५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८