• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

माघ ७ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

माघ ७ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

माघ- ७, २०८०

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ ७ गते तद्अनुसार सन् २०२४ जनवरी २१ तारीख आइतबार पौषशुक्लपक्ष एकादशी तिथि रोहिणी नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त सांझ १७ः३४ बजे हुनेछ । पुत्रदाएकादशी व्रत ।

आजको राशिफल

मेष – आजको दिन मुख्य काममा बाधा हुने देखिन्छ । अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । श्रम गरिकन मूल्य प्राप्त नहोला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा उभ्याइदिन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सावधान रहनुहोला । आमाको माध्यमबाट काम बन्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ रहला ।

मिथुन – प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने समय छ । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता रहनेछ ।

कर्कट – दिन उत्साहपूर्ण रहला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायमा फाइदै हुनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । बोलीको गलत अर्थ लाग्न सक्ने र यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सार्वजनिक काममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कर्मबल बढ्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ÷आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अध्ययन–अध्यापनमा सुस्तता छाउने र अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

कन्या – अलिक बाध्यताका काममा जुट्नुपर्ने तथा केही विवादमा समेत परिने योग छ, सजग रहनु हितकर होला । मेहनतीहरूका लागि उत्साहजनक समय रहला । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ र, समस्याको समाधान मिल्नेछ ।

तुला – दौडधुप वृद्धि हुनेछ । धन आर्जन गर्ने समय छ । पराक्रम र उत्साह बढ्ला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । परिस्थिति अलिक प्रतिकूल रहला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु – विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्ने दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा नै हुनेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अल्मलिनुपर्ला । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । तथापि, शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । बौद्धिक कार्यबाट राम्रै लाभ हुनेछ । तपाईंको प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु हितकर होला । आज हातमा आएको अवसर गुम्ने योग पनि रहेको छ । तथापि, पराक्रम बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

  • प्रकाशित मिति : माघ ७, २०८०, आइतवार ०६:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८