• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

चितवनमा दश महिनापछि देखियो कोरोना

  • खबरदाता

चितवनमा दश महिनापछि देखियो कोरोना

माघ २,२०८०

 

 

चितवनमा १० महिनापछि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरू गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरूषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुन सुझाव दिएको छ ।

 

  • प्रकाशित मिति : माघ २, २०८०, मंगलवार १९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८