• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

भालुवाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

  • खबरदाता

भालुवाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

पुस -२८, २०८०

 

काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर मल्लले  जानकारी दिए । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये आठजनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

 

  • प्रकाशित मिति : पुस २८, २०८०, शनिवार ०७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८