• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तराईमा हुस्सु र कुहिरोले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना

  • खबरदाता

तराईमा हुस्सु र कुहिरोले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना

पुस -२६, २०८०

 

चितवन । कुनै उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायु कमजोर हुँदै जाँदा वर्षा र हिमपातको सम्भावना नभएको हो ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो ।

चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ ।

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • प्रकाशित मिति : पुस २६, २०८०, बिहीवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८