• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

पाँचबुँदे सहमतिपछि वीर अस्पताल प्रशासनमा ताला खुल्यो

  • खबरदाता

पाँचबुँदे सहमतिपछि वीर अस्पताल प्रशासनमा ताला खुल्यो

पुस २०, २०८०

काठमाडौं । वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला खोलिएको छ।

आठ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का कर्मचारीले पुस १३ गतेदेखि सो कक्षमा ताला लगाएका थिए । आठ कर्मचारी संगठनका प्रतिनिधि र न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकसँगको सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

सहमतिमा हालसम्म बाँकी रहेको कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने उल्लेख छ । त्यस्तै, आगामी वैशाखबाट सो भत्ता तलबसँगै नियमित भुक्तानी गरिने र कोभिडकालका आठ महिनाको भत्ता समेत यसअघिको सहमतिअुनसार हुने भनिएको छ ।

अस्पताल ट्रेड युनियनले राखेका विभिन्न मागका सम्बन्धमा पनि आवश्यक छलफल गरी सम्बोधन गरिने सहमतिमा उल्लेख छ ।

  • प्रकाशित मिति : पुस २०, २०८०, शुक्रवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८