• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै जयशंकर

  • खबरदाता

भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै जयशंकर

पुस- २०, २०८०

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार ९हिजो० नेपाल आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।

बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी आजै स्वदेश फर्किंदै छन् । जयशंकर मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

 

  • प्रकाशित मिति : पुस २०, २०८०, शुक्रवार ०७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८