• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक

  • खबरदाता

मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक

पुस -१६, २०८०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरे ।

“उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ,” उनले भने, “बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो ।”

फिल्डमा खटिएका प्रहरीले ठिक गरेरनगरेको अनुसन्धानबाट स्पष्ट हुने उनले बताए ।

“उहाँहरू ९प्रदर्शनकारी० १३ गते बिहान बिनालिडर उत्रनुभयो । साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गर्‍यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,” उनले भने, “त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो ।”

मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पुर्‍याएको महानिरीक्षक कुँवरले जानकारी दिए । “तीन हजार युवा कसैको कमान्डबिना आए,” उनले भने ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : पुस १६, २०८०, सोमवार १०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८