पुस -९,२०८०
चितवन _ नारायणी नदिमा हामफालेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार आज ( सोमबार ) बिहान ७:५५ वजेको समयमा पुल्चोक स्थित नारायणीको पुलबाट निज महिला हामफालेकी थिइन।
प्रहरी र स्थानिय मोटरबोटको सहयोगमा उद्दार गरि उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ९:१० बजे उनको मृत्यु भएको थियो।
अन्दाजी ४०-४५ बर्ष जस्तो देखिने महिलाको परिचय खुलेको छैन भने शब भरतपुर अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
गत सनिवार पनि नारायणी पुलबाट हामफाल्दा जनकपु -५ घर भएर भरतपुर- १० बस्दै आएकी संगीत कुमारी शाहको मृत्यु भएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८