• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालिकाको लंकालाइनमा कार दुर्घटना हुँदा चालकको मृत्यु

  • खबरदाता

कालिकाको लंकालाइनमा कार दुर्घटना हुँदा चालकको मृत्यु

पुस – ७,२०८०

 

चितवन – चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन।

प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा कालिका – १ को लंकालाईनमा भरतपुर बाट खालेसिमल तर्फ जाँदै गरेको बा.११ च ८७८९ नं. को कारको अगाडिको बायाँ तर्फको टायर पड्किन जाँदा कार अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

घाइते चालक क्षेत्रीको उपचारका क्रममा नयां मेडिकल कलेज भरतपुरमा सोही दिन २:०५ मा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : पुस ७, २०८०, शनिवार ०७:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८