पुस ४, २०८०
युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ।
बिहिबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले एक महिला यात्रुले विमानको शौचालयमा बच्चा जन्माएको पाइएको बताए।
उनले भने ‘शिशु शौचालयमा मृत अवस्थामा फेला परेको थियो। शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ। घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ।,’
घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्याएको उनले बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८