• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

  • खबरदाता

कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

पुस ४, २०८०

 

काठमाडौँ । म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् ।

गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायले रातोपाटीलाई बताए ।

वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप छ ।

उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी रायले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयले उनिबिरुद्धको अभियोग पत्र असोज १९ मा जिल्ला अदालतमा दर्ता गराएको थियो ।

  • प्रकाशित मिति : पुस ४, २०८०, बुधवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८